आइतबार, फाल्गुण ११, २०७६ || 1257  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीका लागि आइतबार सुखद रह्यो । सुखद् यस अर्थमा कि उनी पहिलोपल्ट जन्म उत्सव मनाउन जन्म गाँउ अनि जन्म घर नै पुगे । नेपाली सेनाको हेलिकप्टरबाट उनी आइतबार नै तेह्रथुमको आठराई पुगेका थिए । उनी आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे पुगेका थिए । उनलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले भब्य स्वागत गरेका थिए । उनको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी प्रदर्शन गरिएको थियो । प्रधानमन्त्रीका साथ धर्मपत्नी राधिका शाक्य, पिता मोहनप्रसाद ओली, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, खानेपानीमन्त्री विना मगर, सङ्घीय सांसद विजय सुब्बा, गणेश विमलीलगायत रहेका थिए । प्रधानमन्त्रीले आइतबार नै सुकेपोखरी–भदौरै सडकको शिलान्यास गर्नुका साथै आठराई–१, सङ्कान्ति बजारमा स्थापना गरिएको नेपाल बैंक लिमिटेडको १७७ औँ शाखाको पनि उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!