राम प्रेम यादब

शुक्रबार, फाल्गुण २७, २०७८ || 957  पटक पढिएको

बिराटनगर। शुक्रबार (आज) नेपाली कांग्रेस जिल्ला कार्य समिती मोरङको तेस्रो बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय बिराटनगरमा विहान १० बजे देखि ४ बजेसम्म बसेको बैठकले १० वटा प्रस्तापहरुमा निर्णय गर्दै तेस्रो बैठक सम्पन्न गरेको छ।

आजको बैठक बिशेषगरी नजिकिदै गरेको स्थानिय निर्वाचनमा कसरि १७ वटै स्थानिय तहमा नेपाली नेपाली कांग्रेसलाई बहुमतका साथ बिजय बनाउने यसै बिषयमा क्रेन्द्रीत रहेको जिल्ला सभापति डिग बहादुर लिम्बुले हिपमत डटकमलाई बताए। आज बसेको बैठकले पार्टीका युवा सदस्यहरुलाई बिशेष जिम्मेवारी दिएको छ।

 

आज बसेको बैठकको निर्णयहरु यस प्रकार रहेको छ।

१. जिल्ला सभापती डिग बहादुर लिम्बु, सचिव ललित श्रेठ र कोषाध्यक्ष सन्जु अधिकारीको नाममा संयुक्त नाममा रहनेगरी बैंक खाता संचालन गर्ने,

२. प्रशिक्षण शाखा प्रमुखमा जिल्ला उपसभापति भत्तिनाथ माझीको संयोजक रहनेगरी १५ सदस्यी समिति २ दिनभित्र गठन गर्ने जिम्मेवारी संयोजन माझीलाई दिने।

३. नेपाली काङ्ग्रेस मोरङको आर्थिक ]गतिबिधि चलायमान बनाउन जिल्ल्ला कोषाध्यक्ष रन्जु अधिकारी संयोजक रहनेगरी ४ सदस्यी समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा , नागेश कोईराला, गोपाल बहादुर थापा र संतोष अटललाई चयन गरिएको छ।

४. नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गर्ने बार्षिक कार्यक्रमहरु सम्पूर्ण सदस्यहरुको सुझाव सहित समितिले तयार पारेको प्रतिवेदन तथा बार्षिक कार्यक्रमहरु बहुमतले पारित गरियो।

५ . घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्न मोरङ जिल्लामा रहेको १५९ वटा वडाहरुमा कार्यक्रमहरु संचालन गर्न नगर सभापति ,प्रदेश सभा सभापति ,क्षेत्रिय सभापतिहरुले दिएको सुझावको आधारमा वडा स्तरमा खट्ने प्रतिनिधिहरुको सुची तयार गरि जिम्मेवारी प्रदान गरिएको छ।

६. जिल्लाको आजको बैठकले अनुशासन समितीमा तयार गरेको छ। समितिको सयोजकमा जिल्ल्ला सदस्य तथा अधिवक्ता मधुसुदन चौधारी रहेका छन् भने सदस्यहरुमा जिल्ला सदस्य गणेश थापा र बविता कुमारी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ।

७. भातृ संस्थाहरुको हकमा कार्य समिती भएकालाई सक्रिय बनाएर परिचालन गर्ने । संगठन नभएको स्थानमा तदर्थ समिती बनाएर संगठनलाई क्रियाशिल गराउदै स्थानिय तहको निवार्चनमा नेपाली कांग्रेसलाई जिताउने माहोल बनाउने।

८. फाल्गुन २९ गते स्थानिय निर्वाचन सम्बन्धी वातावरण बनाउन पार्टीले देश भरी एकै चरणमा कार्यक्रम सुरु गर्ने निर्देशन गरेको हुनाले विराटनगर महानगरपालिका वडा न ८ मा केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य श्री केशव कुमार बुढाथोकी रोहबरमा कार्यक्रमको उद्धघाटन गर्ने।

९. वडा स्तरमा खटने प्रतिनीधिहरुलाई बर्तमान राजनितीक अवस्था र एमसिसि सम्बन्धि चैत्र २ गते नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको भवन बिराटनगरमा बिहान ११ बजेदेखि प्रशिक्षण दिने।

१०. जिल्लाको १५९ वटा वडामा एकै चरणमा जिल्ला प्रतिनिधि चैत्र ०६ गते देखि खटाउने , चैत १३ गते जिल्लाको सबै पालिकाहरुमा कार्यक्रम संचालन गर्ने ,चैत १५ गते प्रदेश सभामा गर्ने चैत १९ गते क्षेत्रमा कार्यक्रम संचालन गर्ने र चैत २४ गते जिल्लामा कार्यक्रम संचालन गर्ने जिल्ला सभापति डिग बहादुर लिम्बुले बताए।

आज बसेको बैठकमा केन्दिय प्रतिनिधि नेपाली कांग्रेसका केन्दिय सदस्य केशव कुमार बुढाथोकी ,प्रदेश एकका वन मन्त्रि शेखरचन्द्र थापा ,प्रदेश सांसदहरु ,नेपाली काङ्ग्रेस प्रदेश एकका प्रतिनिधि जिल्लाको १७ वटै पालिकाहरुको सभापति ,प्रदेश सभा सभापति ,क्षेत्रिय सभापति लगायतको उपस्थिति रहेको जिल्ल्ला सचिव मोदराज घिमिरेले हिपमत डटकमलाई बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!