हिपमत डटकम

शुक्रबार, फाल्गुण २७, २०७८ || 270  पटक पढिएको

झापा, २७ फागुन। मेचीनगर नगरपालिका-५ पिपलडाँडा चोक बस्ने ६८ वर्षीया अम्बिका कुँवरको हत्या गरेको अभियोगमा सोही नगरपालिका-५ बस्ने २७ वर्षीय रण बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार घाँस काट्न गएकी कुवँर घर नफर्कीएपछि खोजी गर्नेक्रममा मेचीनगरनगरपालिका-५ पिपलडाँडा चोकस्थित बाझो खेतमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको खबर प्राप्त हुनासाथ संघीय प्रहरी ईकाइ कार्यालय धरान डग शाखाको तालिम प्राप्त कुकुर सहित जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले रण बहादुरलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!