आइतबार, फाल्गुण ११, २०७६ || 716  पटक पढिएको

महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो ।

त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रबार दिनभर छ हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएका कारण फूलमाला सुरक्षित थियो । शनिबार सुरक्षाकर्मीको उपस्थिति सुरक्षा पोष्टभन्दा बाहिर थिएन । बिदाको दिन भएकाले कोषका कर्मचारीको निगरानी पनि पशुपति क्षेत्रमा थिएन ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकाल बाँदरबाट बचाउन सकिएको फूलमाला मानिसबाट सुरक्षित गर्न नसकिएको अनुभव सुनाउँछन् । फूलमाला राख्नुअघि नै बाँदरबाट सुरक्षित गर्ने उपाय अपनाइएको थियो । आइतबार बिहानदेखि नै पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिएको दृश्य देखिएको स्थानीयवासी कमला नेपालले सुनाइन् ।

भक्तजनको सहयोगमा राखिएको फूलमालाको आकर्षणको सुरक्षाका लागि कोषले जति काम गर्नुपथ्र्यो त्यति नगरेको स्थानीयवासीको गुनासो छ । कोषले सुरक्षाकर्मी र कर्मचारी खटाउन नसकेको पशुपति क्षेत्र पुगेका भक्तजनले सुनाए । माथिमाथि राखिएका फूलमाला सुरक्षित देखिन्छ । मानिसले भेट्ने ठाउँका जति चुँडिएको छ ।

निगरानी कम भएपछि बाँदरले पनि फूलमाला खान थालेको छ । महाशिवरात्रिका दिन भएको फोहर व्यवस्थापनमा पनि कोषले ध्यान नदिएको देखिन्छ । महाशिवरात्रिका दिन दर्शन गर्न नसकी भोलिपल्ट ललितपुरबाट हेर्न आएका रामचन्द्र घिमिरे पशुपति क्षेत्रमा कर्मचारी संयन्त्र भएजस्तो अनुभव हुन नसकेको बताउँछन् । कोषले महाशिवरात्रि मेलाका लागि छुट्याएको वनकाली क्षेत्रमा पानी जमेको छ । शनिबार बेलुकी परेको पानीले यहाँको बजार प्रभावित भएको छ । यस क्षेत्रमा जम्मा भएको फोहर सफा नगर्दा बजार छिर्न नसकिने देखिन्थ्यो । डोजरले खाल्डो खनेर पानी व्यवस्थापन गरिरहेको दृश्य पनि शनिबार देखियो ।

हंसमण्डप र त्यसअघिको क्षेत्रमा पनि धेरै गिलासलगायत फोहर फालिएको थियो । महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा सयौँ सङ्घसंस्थाले सेवा दिए पनि तिनलेसमेत फोहर व्यवस्थापनमा ध्यान दिएनन् । कोषले ठाउँठाउँमा फोहर हाल्ने भाँडो राखिदिएको भए पनि पशुपति क्षेत्र कुरुप नहुने थियो । त्यसतर्फ पनि कमजोरी भएको देखिन्छ ।

कोषमा दर्जनौँ सफाइ कर्मचारी भए पनि शनिबार बेलुकीसम्म पशुपति क्षेत्रका मुख्यमुख्य ठाउँमै चिया र पानी खाएर फालिएका गिलासलगायतको थुप्रो टिपिएको छैन । वाग्मती किनार भने सफा देखिन्छ । जहाँ कोष, वाग्मती सफाइ महाअभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत १४ संस्थाको आयोजनामा शनिबार बिहानै ३५४औँ हप्ताको सफाइ गरिएको थियो ।

पशुपतिमा शनिबार पनि भक्तजनको चहलपहल बाक्लो थियो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्त हेर्ने, मुख्य पर्वको दोस्रो दिन भगवान् पशुपतिनाथको दर्शन गर्ने उद्देश्यले हजारौँ भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिरभित्र रहेका नागाबाबा भक्तजनको विशेष आकर्षण बनेका थिए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई आइतबारदेखि दक्षिणासहित बिदाइ गरिने गुठी संस्थानले जनाएको छ । संस्थानले पशुपति क्षेत्र र थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि धुनीका लागि दाउरासहित खानापानको व्यवस्था पनि गरेको थियो ।

आइतबारसम्म यो व्यवस्था रहने संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिए । साधुसन्त व्यवस्थापनकै लागि यस वर्ष संस्थानले रु २४ लाख विनियोजन गरेको छ । कोषले पनि साधुसन्तका लागि खानपान, धुनीका लागि दाउरा बिदाइमा दान दक्षिणाका लागि सहयोग गर्ने जनाइएको छ । a

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!