हिपमत डटकम

बुधबार, फाल्गुण २५, २०७८ || 687  पटक पढिएको

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज मोरङको रंगेलीमा आउँदैछन् । रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई पार्टी प्रवेश गराउनका लागि आज दिउँसो अध्यक्ष ओली रंगेली आउन लागेका हुन् ।

बगडियाको पार्टी प्रवेशका लागि एमालेले रंगेलीमा जनसभा राखेको हो । सभामा पार्टी प्रवेश कार्यक्रम राखिएको एमालेका मोरङ सचिव रुपेश खतिवडाले जानकारी दिए ।

उद्योगी बगडिया माओवादीबाट रंगेलीको मेयरमा निर्वाचित भएका थिए । मेयरको कार्यकाल सकिनै लाग्दा उनी एमाले प्रवेश गर्न लागेका हुन् ।

एमाले प्रवेश गर्न तयारी गरेपछि माओवादी केन्द्रले बगडियालाई फागुन १५ गते पार्टीबाट निष्कासित गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!