हिपमत डटकम

सोमबार, फाल्गुण २३, २०७८ || 759  पटक पढिएको

एजेन्सी, किभ, २३ फागुन । युक्रेनको राजधानी सहर किभतर्फ केही दिनअघि बढेको रुसी सशस्त्र फौजको ४० माइल लामो बख्तरबन्दहरुको लस्कर पछिल्ला केही दिनयता रोकिएको अमेरिकी रक्षा अधिकारीहरुले जनाएका छन् ।

बख्तरबन्दहरुको लस्कर बेलारुसको सीमाबाट राजधानीतर्फ बढिरहेको थियो । बख्तरबन्दको लस्करलाई फेब्रुबरीमा स्याटलाईट तस्बिरमा पहिलो पटक देखिएको थियो ।

‘रुसी अक्षतर्फ कुनै महत्वपूर्ण गतिविधि भएको देखिदैन, ’ एक अमेरिकी अधिकारीको भनाई उदृत गर्दै रोयर्टसले लेखेको छ, ‘ प्रमुख तत्वहरू यी शहर केन्द्रबाहिर रहन्छन् । ’

‘बख्तरबन्दको गति अवरोध हुने क्रम जारी’ रहेको उनको भनाई छ । रसियाले सीमामा जम्मा गरेको सेना उसको सैन्य शक्तिको झण्डै ९५ प्रतिशत भएको अमेरिकी गुप्तचर निकायको अनुमान छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसी सेनाले युक्रेनमा सर्वसाधारणमाथि जानी जानी हमला गरेको आफूहरुसँग विश्वसनीय रिपोर्ट रहेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!