हिपमत डटकम

आइतबार, फाल्गुण २२, २०७८ || 608  पटक पढिएको

काठमाडौँ । एकताका टिकटक लगायत सबैतिर हिट हुन र सबैको मुखमा झुन्डिन सफल गीत तिमी बिना बाँच्दिन म भन्ने तिमी ले करोड क्लबमा आफ्नो स्थान बनाउन सफल भएको छ । मेलिना राईको स्वर तथा राज कुमारको शव्द र  संगीतमा तयार भएको गीतको भिडियोलाई एक्का कम्पनीे युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

आजकल ठुला ठुला कलाकारलाई महँगो पारिश्रमिक दिएर , महँगो भिडियो बनाएर, पत्रकार सम्मेलन गरेर , लाँखौको बुस्ट गरेर गीत सार्वजनिक गरिने समयमा गीतले बिना अफिसियल म्युजिक भिडियो , बिना स्टार कलाकार , बिना बुस्ट तथा बिना महँगो खर्चमा ट्रेन्डिङको बाटो हँुदै  युट्युबमा करोड भ्युज पाउन सफल भएको हो ।गायिका मेलिना राई र संगीतकार राज कुमारको सहकार्यले यसअघि पनि म भन्दा नि जस्तो सफल गीत दिईसकेको छ । तिमी बिना बाँच्दिन म भन्ने तिमी गीतलाई त्यहि गीतको निरन्तरताको रुपमा पनि हेरिएको छ । अहिले सुन्ने भन्दा हेर्ने जमाना हो भन्ने जमातलाई पनि गीत हिट हुन अडियो नै बलियो हुनपर्छ  भन्ने कुर्रालाई थप प्रमाणित गरेको छ प्रस्तुत गीतले ।

यसअघिको म भन्दा नि गीतले पनि बिना अफिसियल भिडियो र बिना बुस्ट युट्युबमा करोड भ्युज पाउन सफल भएको थियो ।दर्शक श्रोताको यो किसिमको माया र सफलताले भिडियो भन्दा बढी अडियोलाई जोड दिएर थप गीतहरु ल्याउने बताउँछन् गीतकार तथा संगीतकार राज कुमार ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!