पूर्व प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापती गिरिजा प्रसाद कोइरालाको १२ औं स्मृतिको सन्दर्भमा गिरिजा प्रसाद कोइराला प्रोफेशनल आइटीएफ तेक्वान्दो च्याम्पेन्सिप २०७८ हुने भएको छ । आगामी चैत्र ५ र ६ गते काठमाडौंमा हुने सो प्रतियोगितामा पुरुष तर्फ ५५- ६३ महिला तर्फ ४७- ५५ केजी तौल समूहमा स्पायरिङ प्रतिस्पर्धा हुने छ ।

नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघको संयोजनमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्ट, युवा तथा खेलकुद बिभाग बागमति प्रदेश समितिको आयोजनामा सो प्रतियोगिता संचालन हुनेछ । सो प्रतियोगितालाई भब्य रुपमा संचालन गर्नको लागि फाउण्डेसनका बाग्मती प्रदेश अध्यक्ष, नेपाल आइटिएफ बाग्मती प्रदेश उपाध्यक्ष एवं नेपाल आइटिएफका प्रशिक्षक तुलसी थापा मगरको संयोजकत्वमा मूल समिति गठन गरिएको छ ।

नेपालमा छैठौं पटक आयोजना गर्न लागिएको व्यवसायिक स्तरको यो प्रतियोगिता नेपाली राजनितिका विशिष्ठ व्यक्तित्व पूर्व प्रधानमन्त्री गिरीजा बाबुको नामबाट पहिलो पटक संचालन हुन लागेको नेपाल आइटिएफका अध्यक्ष अन्जन धमलाले बताउनु भयो । यो प्रतियोगितामा प्रथम पुरस्कार नगद ७५ हजार, दोस्रो पुरस्कार नगद ५० हजार तथा तेस्रो पुरस्कार नगद २५ हजार रहेको अध्यक्ष धमलाले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!