आइतबार, फाल्गुण ११, २०७६ || 866  पटक पढिएको

प्रधानमन्त्री केपी शर्मा ओलीको आज ६९ औं जन्मदिन परेको छ। पार्टीका अन्य वरिष्ठ नेताहरूको जन्मदिनमा समेत केक काटेर विशेष बनाइदिँदै आएका प्रधानमन्त्री ओली यसपालि आफ्नो जन्मदिन मनाउन जन्मथलो तेहथुमको सल्ले पुग्ने भएका छन्।ओली २००८ साल फागुन ११ मा तेह्रथुमको साविक इवा गाविसको सल्ले (हाल अठराई गाउँपालिका–४) मा जन्मेका थिए। जन्मिएकै स्थानमा पुगेर प्रधानमन्त्रीले जन्मदिन मनाउने तयारी रहेको सचिवालयले जानकारी गराएको छ ।गत वर्ष प्रधानमन्त्री निवासमै जन्मदिन मनाएका ओली प्रधानमन्त्री नहुँदा भने बालकोटस्थित निजी निवासबाटै ‘सेलिब्रेट’ गर्ने गरेका थिए। यसपटक ओली बुवा मोहनप्रसादले २०२४ सालमा बेचेको गाँउको घरमै जन्मदिन मनाउने तयारीमा रहेका छन् । बुवाले साढे ११ हजार रुपैयाँमा बेचेको उक्त घर ओलीले २०७२ सालमा आफ्नो नाममा फिर्ता लिए लिएका थिए ।हाल उक्त घर खालि अवस्थामा रहेको छ । ओलीले जन्मदिनमा आफ्ना गाँउका जेष्ठ नागरिकलाई सम्मान गर्ने र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने कार्यक्रम समेत रहेको जनाइएको छ । ओलीको बाल्यकाल असाध्यै दुःखका साथ बितेको थियो। उनी सानैमा आमा गुमाएर टुहुरो बने। उनले अर्काको घरमा गोठालो बसेर बाल्यकालको शिक्षा लिएका थिए।
ओलीको जन्मदिन मनाउन काठमाडौंबाट, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ, खानेपानी मन्त्री विना मगर र सचिवालयको टिमपनि त्यहाँ पुग्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!