हिपमत डटकम

शुक्रबार, फाल्गुण २०, २०७८ || 420  पटक पढिएको

काठमाण्डौ, माघ १९। हिजो आज नेपाली गीत संगीतको क्षेत्रमा क्षेणिक आनन्दका गीत संगीतहरु बजारमा प्रसस्त्र मात्रामा भेट्ने गरिन्छ । जसको कारण कलाकारिता क्षेत्रमा कलाकारहरुले शसक्तता नपाएका हुन् भन्ने अनुमान गर्न सकिन्छ । यसैलाई ध्यानमा राखेर आफ्नो सांगीतिक यात्राले दिर्घ रुप प्राप्त गरोस् भन्दै, पिरतीको जेल, डोको र नाम्लो बोकेर, रेडी भएर बस्नु लगाएतका थुप्रै सदाबहार गीत संगीतहरु बजारमा ल्याइसकेका काभ्रेली युवा गायक आर.के श्रेष्ठले पुनः अर्को गीत सार्बजनिक गरेका छन् ।

उक्त गीत “मुरली बज्यो तिरिरी” बोलको रहेको छ । उनका यस भन्दा पहिलेका सांगीतिक प्रस्तुत सुन्दा र हेर्दा जो कोहीलाई पनि प्रसंसा गर्न मन लाग्ने किसिमका रहेका छन् ।

भर्खरै सार्बजनिक भएको “मुरली बज्यो तिरिरी” बोलको गीतलाई अष्ट लामाले संगीत भरेका हुन् भने शब्द रमेश अधिकारीको रहेको छ । आर.के श्रेष्ठ द्वारा नै स्वर बद्ध भएको यस गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा आनन्द गुरुङ्ग लक्ष्मी गुरुङ्ग र राजेश श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने छायांकन मधुर बस्नेत, शम्भु चालिसे र सम्पादन मेक बहादुर थापाले गरेका छन् । “मुरली बज्यो तिरिरी” बोलको गीतलाई आर.के श्रेष्ठ युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

भिडियो ;-

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!