हिपमत डटकम

बिहिबार, फाल्गुण १९, २०७८ || 488  पटक पढिएको

बिराटनगर । नेपालका लागि मोरिससका नवनियुक्त राजदूत शान्ति वाइ हनुमानलाई नेपाल–मोरिसस विजनेस काउन्सिलले सम्मान गरेको छ ।

सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसको बिदेश बिभाग प्रमुखसमेत भएर काम गरिसकेकी काँग्रेसकी बरिष्ठ केन्द्रीय सदस्य सुजाता कोइरालाले हनुमानको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा नेपालका लागि मोरिससका महावाणिज्यदूत गणेश कार्की, काउन्सिलका अध्यक्ष बटु लामिछानेलगायतले राजदूत हनुमानलाई नेपाली सामानका उपहारसहित सम्मान गरे ।

छ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै छदिने भ्रमणका लागि गत शुक्रबार काठमाडौँ आएका राजदूत हनुमानले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुका साथै शिष्टाचार भेट गरेका थिए । हनुमान मोरिससको प्रतिनिधिसभाका पूर्वसभामुखसमेत छन ।

सो अवसरमा राजदूत हनुमानले मोरिससमा नेपालीका लागि व्यापारिक र सांस्कृतिक आदान प्रदानका अवसरबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ गराउन आफूले भूमिका निर्वाह गर्ने बताए । उनले दुई देशबीचको व्यापारिक सम्बन्ध वृद्धि र पर्यटन प्रवद्र्धन अवसरका रुपमा यसलाई लिनुपर्ने बए । भारतको नयाँ दिल्लीस्थित आवासीय राजदूत हनुमानले भ्रमणका अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग अलगअलग भेटवार्ता गरेका थिए ।

भ्रमण टोलीले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गरेको थियो भने त्यसअघि पोखरा र अन्नपूर्ण हिमालको दृष्यावलोकन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!