
युक्रेनमाथि रुसको हमलाको एकातिर अमेरिका, बेलायत र थुप्रै देशले आलोचना गरिरहेका छन् यस्तै रुसमा पनि राष्ट्रपति पुटिनको निर्णयको विरोध गरिरहेका छन् ।

युक्रेनमाथि हमलाको विरोधमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको गृहनगर सेन्ट पिटर्सबर्गमा उग्र प्रदर्शन भए ।
यद्यपि, यो प्रदर्शन नयाँ होइन । थुप्रै पुलिसबल र सुरक्षाकर्मीको उपस्थितिमा यो प्रदर्शन भइरहेको छ ।
यतिबेला थुप्रै मानिसलाई पक्राउ पनि गरिएको छ र उनीहरुलाई तितर बितर गर्नका लागि प्रहरीले हिंस्रक रुप पनि अख्तियार गर्नुपर्यो ।
यो प्रदर्शनको पछाडि राष्ट्रपति पुटिनका धुर विरोधी नवेलनीको त्यो आह्वानलाई जिम्मेवार बताइँदै छ जुन उनले जेलमा बन्द भइरहेका बेला गरेका थिए ।
उनले रुसका जनतालाई सम्बोधित गर्दै रुस डरपोक र कायरको देश हुन नहुने बताएका छन् । जेलमा बन्द रुसका विपक्षी नेता एलेक्सी नवेलनीले बुधबार रुस शान्तिप्रिय देश बन्न चाहने तर अफसोस धेरै कमैले मात्रै अब यसलाई शान्तिप्रिय देश भन्ने बताएका थिए ।
युक्रेनमाथि रुसकामे हमलाको चर्चा गर्दै उनले मंगलबार एकपछि अर्को गर्दै थुप्रै ट्वीट गरे ।
1/12 We – Russia – want to be a nation of peace. Alas, few people would call us that now.
— Alexey Navalny (@navalny) March 2, 2022