हिपमत डटकम

बुधबार, फाल्गुण १८, २०७८ || 483  पटक पढिएको

रुसी अर्बपति रोमन अब्राहिमोविचले प्रिमियर लिग फुटबल क्लब चेल्सी बेच्ने तयारी गरेका छन् । स्वीस व्यवसायी हान्सहोर्ग विसले आफूसहित केही व्यवसायीलाई चेल्सी किन्ने अफर आएको जानकारी दिएका हुन् ।

 

रुसले युक्रेनमाथि सैन्य कारबाही सुरु गरेपछि अब्राहिमोविच निकै दबाबमा रहेका छन् । पश्चिममा मुलुकहरूले रुसमा लगाएको प्रतिबन्धहरूका कारण अब्राहिमोविचले क्लबलाई बेच्ने निधोमा पुगेको बताइएको छ । ​अब्राहिमोविचले यसअघि चेल्सीको फाउन्डेन्सनले अनिश्चितकालका लागि क्लबको नेतृत्व लिने विज्ञप्तिमार्फत जारी दिइसकेका छन् ।

यता विसले भने आफूसहितका केही समूहले रुसी व्यवसायीसँग क्लब किन्ने प्रयास गरिरहेको जानकारी दिएका छन् । विस स्वीटजरल्याण्डमा जन्मिएका व्यवसायी हुन् । उनी हाल अमेरिकामा बस्दै आइरहेका छन् । उनी स्वास्थ्य उपकरण बनाउने सिन्थेस यूएसएका संस्थापक र पूर्व अध्यक्ष हुन् । ८६ वर्षीय व्यवसायीको सम्पत्ति ५ अर्ब डलर रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!