हिपमत डटकम

सोमबार, फाल्गुण १६, २०७८ || 617  पटक पढिएको

काठमाडौं, १६ फागुन । बिगत आधा दशक देखि गायनमा सक्रिय रहँदै आएकी गायिका हुन सरिता भारती । हिन्दुहरुको महान चाड शिवरात्रीलाई लक्षित गरेर गायिका सरिताले यतीबेला शिब अबतारमा फोटो सेसन गरेकी छिन् ।

त्यसो त सरिताले यो अबधिमा डेढ दर्जन भन्दा बढी गीतहरु दर्शक श्रोतामाझ ल्याईसकेकी छिन् । पाँच वर्ष अघि मेरो जवानी…लोकपप गीत बजारमा ल्याएपछि उनका गीतहरु बजारमा नियमित आएका छन् ।
लुडो र तास…, पहिलो भेटमै…, यसपालीको दशैं…, रातो सारी लरक्कै, बजाई देउन बाजा…, हे गाजली…, असारै मास(झरी), चिया पकाउ…जस्ता विभिन्न चर्चित गीत बजारमा ल्याईसकेकी सरिताको थप नयाँ दुई वटा गीतहरु रेकर्ड भएका छन् । उनका ती नयाँ गीत चाँडै नै बजारमा आउँदैछन् ।


उनै गायिकाले यो पटकको शिबरात्रीको अबसर पारेर शिब अबतारमा फोटो सुट गराएकी छिन् । गायनसँगै पछिल्लो समय मोडलिङमा समेत ब्यस्त सरिताको यी तस्बिरहरु फोटो पत्रकार बद्री थापाले खिचेका हुन् । उनलाई शिबको रुपमा चेली मेकअप स्टुडियोकी मेकअप आर्टिस्ट बिना रानामगरले तयार गरेकी हुन् । शिबरात्रीको अबसर पारेर यो फोटो सुट गरिएको गायिका सरिता भारतीले बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!