तेह्रथुम फेदाप जौबारी बस्ने ६० बर्षीया अम्बिका देवी ढकालको लडेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ३ बजे छिमेकीको बिबाहबाट घर तर्फ फर्कने क्रममा बाटोबाट २५ मिटर तल झरी गम्भिर घाईते भएकी अम्बिका देवीको उपचारको क्रममा साँझ साढे ६ बजे जिल्ला अस्पताल तेह्रथुममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।