
ऐजेन्सी । रुसको हमलाबीच युक्रेनका महिला आफ्नो र देशको सुरक्षाका लागि मोलोटोव ककटेल्स (पेट्रोल बम) बनाइरहेको देखिएका छन् । यो घरमा नै बनाउन सकिने हतियार हो ।

युक्रेन सरकारको तर्फबाट पनि मानिसलाई मोलोटोव ककटेल्स बनाउने अपिल गरिएको थियो । बीबीसी संवाददाता साराह रेन्सफोर्ड यस्तै एक समूहमा भेटिइन् जो दिन्प्रो शहरको एउटा पार्कमा बसेर एकसाथ मोलोटोव ककटेल्स बनाइरहेका थिए ।
जब पुटिनले युक्रेनमा हमलाको आदेश दिएका थिए, त्यसदिन अंग्रेजीकी शिक्षिका सराह अरिनाले कामपछि एउटा डान्स क्लास र त्यसपछि पार्टी गर्ने योजना बनाएकी थिइन् ।
तर तीन दिन भित्रै स्थिति यस्तो भयो कि अरिना एउटा पार्कमा बसेर मोलोटोव ककटेल्स बनाइरहेकी थिइन् ।
अरिनसँग थुप्रै अन्य महिला पनि थिए । उनीहरुले पोलिस्टाइरिन र अन्य चिजलाई बोतलमा भरिरहेका थिए ता कि बोटल बम सकियोस् ।
धेरैजसो युरोपमा यस्ता केही दृश्यबारे सोच्न पनि सकिँदैन, दिन्प्रोमा पनि कसैले यस्तो सोचेका पनि थिएनन् । तर यहाँ मानिसहरु आफ्नो शहरलाई रुसको सैनिकबाट जोगाउनका लागि जुटेका छन् ।
अरिन भन्छिन्, ‘कसैले पनि विकेन्ड यसरी बित्दा भनेर सोचेका थिएनन् तर यस्तो लाग्छ कि अहिले यो सबैभन्दा महत्वपूर्ण काम हो ।’
उनी थप्छिन्, ‘ यो निकै डरलाग्दो छ, मलाई थाहा छैन म के गरिरहेकी छु, हामीले बस् केही गर्न आवश्यक छ ।’
यसै स्थानमा एलेना र युनिला पनि छन् । उनीहरुले आफ्ना बच्चालाई हजुरबुवा–हजुरआमालाई छोडेर आफूहरु भने हतियार बनाउन मद्दत गर्नका लागि आएको बताए ।
एलेना भन्छिन्, ‘घरमा बसिरहनु र केही पनि नगर्नु, यो थप भयानक हुनेछ ।’ उनी हाँसेर भन्छिन्, ‘म राम्रो कुक हो त्यसैले यो काम मेरा लागि खासै कठिन छैन ।’
अन्त्यमा उनीहरु सबैजना भन्छन्, ‘म सोच्न पनि सक्दिनँ कि हामीसँग यस्तो भइरहेको छ तर हामीसँग अरु विकल्प के नै छ ? कसैले हामीसँग कुनै सल्लाह पनि लिएका छैनन् ।’