हिपमत डटकम

आइतबार, फाल्गुण १५, २०७८ || 609  पटक पढिएको

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बसेर एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गर्ने भएको छ। पार्टीभित्र एमसीसीबारे मत विभाजित छ ।

तर, अध्यक्ष माधवकुमार नेपाल यो पाँच दलीय गठबन्धन जोगाउने बाध्यतामा छन् । गठबन्धन तोडिए सत्ताबाट बाहिरिनुपर्ने भयले माधव नेपाल जसरी पनि एमसीसी पास गराउने पक्षमा उभिएका छन् ।

यसअघि गठबन्धनको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र) को सचिवालयले पनि एमसीसी व्याख्यात्मक टिप्पणीसहित पास गराउने निर्णय गरिसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायम राखेर नै एमसीसी पास गराउन चाहेका थिए ।

अन्ततः उनी आफ्नो उद्देश्यमा सफल भएका छन् । यो बीचमा एमसीसीलाई लिएर कांग्रेसले एमालेसँग सहकार्यको प्रयास पनि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!