हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 725  पटक पढिएको

काठमाडौंँ । फिल्म ‘लाखे’ युनिट मुस्ताङ पुगेको छ । फिल्मको क्लाइमेक्स छायांकनका लागि निर्माण युनिट केही दिन अगाडि मुस्ताङ पुगेको हो ।

मुस्ताङको कागबेनीलगायत बिभिन्न मनोरम दृश्य समेटिने गरेर फिल्मको क्लाइमेक्स छायांकन भइरहेको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बताए । ‘‘लाखे’ को क्लाइमेक्स कसैले नसोचेको बिषेश छ’ निर्माता ठकुरीले भने ‘त्यसैले पनि हामीले मुस्ताङ रोजेका हौ ।’
सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बालगायत कलाकार क्लाइमेक्सका लागि मुस्ताङ पुगिसकेका छन्, भने अभिनेत्री बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकारलगायत भने केही दिनमा पुग्दैछन् ।

सम्राट बस्नेतको निर्देशक रहेको ‘लाखे’ मल्टिस्टार कलाकारले भरिएको फिल्म हो । फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रोहित रुम्बा, बर्षा राउत, अर्पण थापा, प्रशान्त ताम्रकार, संजोक राणा र कालु राना लगायत कलाकारको मुख्य भुमिका रहेको छ ।


फिल्म काठमाडौँको छायांकन पछि मुस्ताङ पुगेको हो । मुस्ताङको क्लाइमेक्स सकाएर फिल्म फेरि काठमाडौँमा केही दिन छायांकन हुने निर्माण युनिटले जानकारी दियो ।
ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरी (जिएम) प्रस्तुतकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!