हिपमत डटकम

शनिबार, फाल्गुण १४, २०७८ || 633  पटक पढिएको

काठमाडौं। डोगा प्रडक्शनको प्रस्तुतिमा गायिका मेचु धिमाल र गायक मिस्टर सुबोधको युगल गायनमा समावेश ‘हाम्रो नजर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेन्टल भर्सनको यस गीतमा तोरण थापा मगरको शब्द रहेको छ भने सुरेश कुमार क्षेत्रीको संगीत रहेको छ। रेन तामाङले यस गीतलाई संगीत संयोजन गरेका हुन्। जापानको विभिन्न रमणीय ठाऊहरुमा छायाँकन गरिएको यस गीतको भिडियोमा लक्ष्मण पुन लक्स र आशा राना मगर फिचर्ड छन्।

भिडियोमा अतिथि भूमिकामा राजु राना मगर र सुभेक्षा महर्जनको समेत अभिनय रहेको छ। गोविन्द बिस्टले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई लक्ष्मण पुन लक्सको निर्देशनमा तयार पारिएको हो। रमा राना मगर निर्मात्री रहेको यस भिडियोलाई ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=Cn_IDpIKJE4

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!