बलिउडमा उदाउँदै गरेकी जिया खानले २५ वर्षकै उमेरमा आत्महत्या गरिन् । उनले आत्महत्या गरेको सात वर्ष पुगिसकेको छ । तर, अझै पनि उनको आत्महत्याको विषयले बलिउडमा चर्चा पाउन छोडेको छैन ।

उनले २०१३ को जुन ३ मा आफ्नो घरको पङ्खामा झुण्डिएर आत्महत्या गरेकी थिइन् । उनको मृत्युको पछाडि सूरज पंचोलीको नाम जोडिएको थियो । जियाको परिवारले सुरजका कारण उनले आत्महत्या गरेको आरोप लगाएको थियो ।

उनको आत्महत्यापछि प्रहरीले सुरजलाई पक्राउ गरेको थियो । लामो समयसम्म सुरजको मुद्दामा सुनुवाई भइरहेको भए पनि कुनै पनि नतिजा नआएपछि जियाको परिवार अदालतमा उपस्थित हुन छोडेको छ ।

के थियो उनको ‘सुसाइड नोट’
‘थाहा छैन, तिमीसँग यो कुरा कसरी भनुँ । तर अब गुमाउनको लागि केही बाँकी छैन । त्यसैले सबैकुरा खुलाउने समय आएको छ । यसै पनि मैले सबै कुरा गुमाइसकेकी छु । जब तिमी यो पत्र पढिरहेको हुनेछौँ त्यतिबेला सम्म म यो दुनियाँ छोडेर गइसकेको हुनेछु वा जाने तयारीमा हुनेछु । म भित्रभित्रै टुक्रिइसकेकी छु । तिमीलाई त यसको बारेमा अन्दाज पनि छैन । तर ममा तिम्रो असर यस्तो परेको थियो कि तिम्रो प्रेममा यसरी पागल भएँ कि आफैलाई बिर्सिन थालेँ । तिमीले मलाई तड्पाइरह्यौँ । सधैँ पीडा दियौँ । अब त मैले मेरो जीन्दगीमा उज्यालोको एक धर्का पनि देख्न छोडिसकेँ । …………..सधैँ गर्भवती हुने डर भइरहन्थ्यो । तर पनि म तिम्रो लागि सबै सुम्पिदिन्थेँ । तर यसको बदलामा तिमीले मलाई सधैँ दुख र पीडा दियौँ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!