
युक्रेनका शीर्ष सुरक्षा अधिकारीले दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक देशभरि सबैतिर संकटकाल लगाउन सकिने बताएका छन् ।

त्यहाँको राष्ट्रिय सुरक्षा परिषद्ले सरकारलाई संकटकालका लागि सिफारिश गरेको छ ।
संकटकाल ३० दिन रहने र त्यसलाई अर्को ३० दिन थप्न सकिने बताइएको छ ।
रुसले आक्रमण गर्न लागेको भन्दै संकटकाल लगाउन खोजिएको हो ।