हिपमत डटकम

बुधबार, फाल्गुण ११, २०७८ || 660  पटक पढिएको

हप्तौँदेखि चलिरहेको युक्रेन संकट अब लगभग युद्धको स्थितिसम्म पुगिसकेको छ । अमेरिका, बेलायतजस्ता देशले त युद्ध सुरु भइसकेको दाबी गरिरहेका छन् ।

रुसको विदेश मन्त्रालयले संसारका अन्य देशसँग रुसको उदाहरणलाई ध्यानमा राख्दै पूर्वी युक्रेनमा अलगाववादीहरुको शासन भएका दुई इलाका दोनेत्स्क र लुहान्स्कलाई मान्यता दिन अपिल गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार पूर्वी युक्रेनको पृथकतावादी विद्रोही इलाकालाई स्वतन्त्र रुपमा मान्यता दिएका छन् ।

पूर्वी युक्रेनमा स्वघोषित पिपल्स रिपब्लिक अफ दोनेत्स्क र लुहान्स्क रुस समर्थित विद्रोहीको घर हो । यी विद्रोही सन् २०१४ देखि नै युक्रेनसँग लडिरहेका छन् ।

यसअघि मंगलबार निकारागुआ र सिरियाले दोनेत्स्क र लुहान्स्कलाई मान्यता दिने रुसको निर्णयलाई समर्थन गरे ।

यद्यपि, जसरी रुसले यी दुई पृथकतावादी विद्रोही क्षेत्रलाई मान्यता दिएको छ त्यसरी कुनै पनि देशले मान्यता दिएको छैन । यद्यपि, अर्को एउटा रुस–समर्थित पृथक क्षेत्र दक्षिणी ओसेसियाले सन् २०१५ मा नै त्यहाँको शासकलाई आफ्नो समर्थन दिएका थिए ।

दक्षिण ओसेसिया, जर्जियाको एउटा भिन्न हिस्सा हो जसलाई सन् २००८ मा रुसको सैन्य हस्तक्षेपपछि स्वतन्त्र घोषित गरिएको थियो । यसले मस्कोका केही सहयोगीबाट मान्यता पाएको छ ।

एकातिर जहाँ अमेरिकासमेत पश्चिमी देश रुसको निन्दा गरिरहेका छन् भने अर्कोतर्फ रुसका राष्ट्रपति पुटिनको समर्थनमा पनि अब केही आवाज सुन्न पाइएको छ ।

क्यूबाको कम्युनिष्ट सरकारले पश्चिमी देशमाथि युद्धको दुष्प्रचार गर्ने र रुसलाई टारगेट गर्ने आरोप लगाएको छ ।

उत्तर कोरियाले पनि रुसको विषयमा अमेरिकामाथि पहिले नै आरोप लगाइसकेको छ । उत्तर कोरियाले यो महिनाको सुरुमा नै अमेरिकालाई अलग पारेर कमजोर गर्ने शत्रुतापूर्ण नीति अपनाइरहेको बताएको थियो । उत्तर कोरियाले यसलाई छिटोभन्दा छिटो रोक्न आह्वान गरेको थियो ।

इरानी मिडियाले पनि युक्रेनी मुद्दाको कारवाहीको विषयमा सहानुभूति जताएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!