शनिबार, फाल्गुण १०, २०७६ || 972  पटक पढिएको

स्पिनर एस्टन एगरले पाँच विकेट लिएपछि अष्ट्रेलियाले घरेलु टोली दक्षिण अफ्रीकाविरुद्धको टी–२० सिरिजको पहिलो खेलमा फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अष्ट्रेलियाले अफ्रिकालाई एक सय सात रनले हरायो ।

टस हारेपछि पहिलो ब्याटिङमा उत्रिएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ९६ रन बनाएको थियो । एक सय ९७ रनको विलय लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १४.३ ओभरमा सवै विकेटको क्षतिमा केवल ८९ रनमा समेटिएको थियो ।

दक्षिण अफ्रिकाका लागि भने फाफ डु प्लेसिसले २४ रन बनाए । कागीसो रबाड़ाले २२ र । पिट भान बिजोनले १६ बनाए । अस्ट्रेलियाका एस्टन एगारले पाँच विकेट लिए । पाट कमिन्स र एडम जाम्पाले दुई दुई तथा मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ४५ रन बनाए । कप्तान आरोन फिन्चले ४२, एलेक्स क्यारीले २७, एस्टन एगरले २०, मिचेल मार्शले १९ र म्याथ्यु वेडले १८ रन बनाए । दक्षिण अफ्रिकाका लागि स्टेन र शाम्सीले दुई दुई तथा एन्गीडी र फेल्हुक्वायोले एक एक विकेट लिए । दक्षिण अफ्रिकाका डेल स्टेन र तब्रैज साम्सीले दुई दुई विकेट लिए । जितसँगै अस्ट्रेलिया तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । दोस्रो खेल आइतबार हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!