हिपमत डटकम

मंगलबार, फाल्गुण १०, २०७८ || 562  पटक पढिएको

धरान। नयाँ प्रतिभाशाली कलाकारहरुलाई मौका दिने क्रममा गायक राजेश पायल राईले भ्वाइस अफ किड्स प्रतियोगिताको फाइनलसम्म पुगेकी अर्की प्रतिभाशाली गायिका मिन्छामा राईसँगको युगल गीत ‘सायारेम’ को स्टुडियो भिडियो सहित सार्वजनिक गरेका छन्।

पछिल्ला गीतजस्तै यो गीतलाई पनि दर्शक -श्रोताहरुले औधि मनपराईरहेको सामाजिक संजाल तथा युट्युबको भ्युजले देखाएको छ। राजेश पायल राईको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत नेपाल संगै कतारमा समेत ट्रेन्डीङ्गमा रहेको छ। नेपालमा ‘सायारेम’ संगै पेमा देचेन तामाङसँगको सै हँमा र रुक्सना लिम्बु सँगको “चोरी भो ” गीतपनि युट्युब ट्रेन्डीङ्गमा रहिरहेको छ। यो आफैमा एउटा उपलब्धि हो। ट्रेन्डीङ्ग र भ्युज भन्दा पनि

सदाबहार गीत -संगीतले श्रोता -दर्शकहरुको माया पाइराख्नेछ भन्ने कुरामा आफु बिस्वस्त रहेको र राम्रा गीत संगीत संगै नयाँ प्रतिभाहरुलाई समेत अवसर दिईराख्ने गायक राजेश पायल राई बताउंछन्। राजन मुकरुङ्गको शब्द तथा संगीत रहेको गीतमा रहेको सायारेम शब्द गीत सँगै अहिले लोकप्रिय हुँदैछ।

मुन्दूमि शब्दबाट सापटी लिईएको सायारेमको अर्थ बल शक्ति मिलोस, आशीर्वाद मिलोस, शिर उच्च होस भन्ने रहेको छ। स्टुडियो भिडियो नै भएपनि शब्द-संगीत र स्वरको त्रिवेणीले उत्कृस्ट बनेको छ।

https://www.youtube.com/watch?v=iP6BHlf9WLE

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!