प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताएका छन् । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

उनले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताए । `सङ्ख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो,´ उनले भने, `अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुई वटा मात्रै भएको कारण अब ढिला नगरौँ, मौकालाई नगुमाऔँ ।

पार्टीको निर्देशन अनुसार नै पार्टीको धारणा लिएर नै संसद्‍मा भूमिका सांसदहरूले खेल्ने भएको कारण पार्टी सहितको छलफल राखेको उनले बताए । `राजनीतिक परिवर्तनको घटनाक्रममा यो प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको छ । यो अवस्थामा पनि नामको टुङ्गो लगाउन नसक्ने हाे भने त्यो लज्जाको विषय हो ।’ उनले भने ।

`अब हामी अत्यन्तै जिम्मेवारीपूर्वक अगाडि बढौँ । एउटा पहिचान र अर्को भूगोल, मिश्रित पहिचानको अडानमा रहने हो भने नामको विषय टुङ्गोमा पुग्दैन । अब मेरो गोरुको बाह्रै टक्का नगरी लचकताका साथ आफ्नो दायित्व ठानेर दलहरूले पनि छलफल गर्नुपर्‍यो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!