आफनै क्लिनिककी महिला सहकर्मीलाई जबरदस्ती करणी गरेको आरोपमा रौतहटका एकजना चिकित्सक (अहेब)लाई प्रहरीले पक्राउ गरेको छ । मौलापुर नगरपालिका ५ घरभई गरुडा हाल ४ स्थित अर्चना पोेलीक्लिनिक एवं रिसर्च सेन्टर सञ्चालन गर्दैआएका ३५ बर्षिय श्यामशुन्दर पटेललाई जबरदस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलाको जाहेरीको आधारमा अहेव पटेलमाथी जबरदस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरी जिल्ला अदालत गौरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए ।

पीडित महिला र आरोपी पटेलको जिल्ला अस्पताल गौरमा स्वास्थ परिक्षण समेत भईसकेको डिएसपी महतोले जानकारी दिएका छन् ।

पछिलो दुईबर्षदेखी गरुडास्थित पोलीक्लिनिक सञ्चालन गरेका आरोपी पटेलमा काम गर्दैजाँदा बिवाहगर्ने प्रलोभन देखाएर आफुलाई पटक–पटक यौनशोषण गरेको पीडितको भनाई छ । पटेलले करणी गरेकाले तीन महिनाको गर्भवती रहेको चौधरी थरकी पीडितले बताएकी छिन् । उनले यसअघि एकबर्ष पहिले पनि पटेलकै गर्भ बसेको र बिभिन्न डरत्रास देखाएर औषधीबाट गर्भ तुहाउन लगाएको दुखेसो पोखिन् ।

फेरी अब बिवाह गर्छु भन्दै जबरजस्ती करणी गरेको पीडितको उजुरीमा उल्लेख छ ।

तर जिल्ला अस्पतालमा भएको स्वास्थ परिक्षणको अधिकारीक रिपोर्ट नआएसम्म गर्भ भए नभएको बारे बोल्न नमिल्ने डिएसपी महतोले बताएका छन् । आरोपी अहेव श्यामसुन्दर पटेल हिरासतमा रहेको र घटनाबारे थपअनुसंधान भईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!