हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 578  पटक पढिएको

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसीमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

एमसीसी संसदमा पेश गर्न सहमति दिएर कार्यकर्तालाई सडकमा उतारेको भन्दै आलोचना गरेका हुन् ।

सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित कार्यक्रममा ओलीले भने, ‘एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने, आफू मूर्तिझैं बस्ने अर्को पाट्टिकालाई नारा लगाउ भन्ने, यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने ।’

आइतबार प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल हुँदा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताले संसद भवन बाहिर प्रदर्शन गरेका थिए । संसदभित्र पनि यी दुई दलका कतिपय सांसदले विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!