हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 563  पटक पढिएको

काठमाडौं । मीठो आवाजकी धनी समीक्षा अधिकारी अहिले केही नमिठा पलहरूबाट गुज्रिरहेकी छन् । कलिलो उमेरमै उनी यस्तो व्यक्तिसँग प्रेममा परिन्, जो प्रेमलाई क्षणिक मनोरञ्जनको विषय ठान्छन् ।

समीक्षाको स्वरका लाखौं प्रशंसक छन् । सुन्दरतामा पनि कुनै नायिकाभन्दा कम छैनन् । आवाज र रूपको यस्तो संगम थोरै कलाकारलाई नसिब हुन्छ । तर, कहिलेकाहीँ आफैंले आफ्नो गुणवत्ता नचिन्दा चाहिँ जीवनमा हण्डर र धोका खानुपर्छ, जस्तो समीक्षालाई भइरहेको छ ।

नेपाली चलचित्रका ‘प्ले व्वाई’ का रूपमा परिचित पल शाहसँग एक वर्षअघिदेखि समीक्षाको रिलेसनसीप सुरू भएको थियो । यो एक वर्षमै उनीहरूको सम्वन्धमा तीव्र उतारचढाव आइरहेको छ । केही समय प्रेमपछि पलले समीक्षालाई पन्छाउन खोजे । समीक्षाले कानूनी उपचारका निम्ति पाइला चालिन् । पलले फकाए । समीक्षा ब्याक भइन् । पलले फेरि पन्छाउन खोजे । समीक्षा फेरि कानूनी उपचारमा जान तयार भइन् । पलले फेरि फकाए । यस्तै सिलसिला चलिरहेको छ ।

पछिल्लो दिनको कुरा गर्ने हो भने पल र समीक्षा फेरि मिलेका छन् । नेपाल प्रेसले पलका ‘मल्टिपल रिलेसनसीप’ बारे शनिबार समाचार प्रकाशन गरेसँगै पलले समीक्षालाई अर्को एक राउण्ड फकाएका छन् । उनीहरूले आफूनिकट एउटा युट्यूव च्यानलमार्फत अन्तर्वार्ता दिएर समाचार खण्डन गरे । आफूहरूबीच असल मित्रता मात्रै भएको भन्दै उनीहरूले एकस्वरमा भने- अफेयरको कुरा झुट्टा हो ।

एकोहोरो प्रेममा परेकी नाबालिग समीक्षालाई पलको समूहले ‘होस्टाइल’ बनाइरहेको छ । होस्टाइल भन्ने शब्द अदालती भाषामा प्रयोग हुन्छ । त्यो भनेको कुनै पीडितलाई दबाब, प्रभाव वा धाकधम्की दिएर बयान फेर्न बाध्य पार्ने वा पीडकको पक्षमा उभिन लगाउने काम हो । समीक्षाका यसबीचका फेसबुक स्टाटस र उनले यो अडिओमा बोलेका कुरा सुन्दा उनी होस्टाइल भएको पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!