हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 384  पटक पढिएको

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आजको संसद बैठकको निर्णयमा आपत्ति जनाएका छन् । आजको संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति उनले कडा आपत्ति जनाएका हुन् ।

खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाए । संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उनको भनाइ छ । खनालले एमसीसी टेबुल हुने बेला संसदमै नाराबाजी समेत गरेका थिए ।
एमसीसी संसदमा टेबल गर्ने सहमती पछि प्रतिक्रिया दिँदै खनालले भने ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमारु संसद् त चल्दैन कहाँबाट टेबल हुन्छरु, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन ।’

स्रोतका अनुसार खनालले नयाँ पार्टी गठनको तयारी गरेका छन् ।

माधव नेपालको एकलौटी र राष्ट्रघाती कदममा साथ दिएको भन्दै रुष्ट बनेका खनालले माधवभन्दा त ओली नै ठिक भएको प्रतिक्रिया निकटस्थहरुलाई दिएका छन् । विश्वस्त स्रोतका अनुसार खनालले भीम रावल, घनश्याम भुसालसहितलाई लिएर आफ्नो नेतृत्वमा नयाँ दल खोल्ने तयारी गरेका छन् ।

माधव नेपालले जनतामाथि घात गरे – झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।
नेता झलनाथ खनालले पार्टीको निर्णय विपरीत आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने गठबन्धनका शीर्ष नेताहरूको निर्णयप्रति आपत्ति जनाउँदै पार्टीका अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोप लगाउनुभएको हो ।

नेता खनालले संसद्मा एमसिसी टेबल गर्ने कार्य राष्ट्रघाती कदम भएको बताउनुभएको छ। एमसीसी संसद्मा टेबल गर्ने शीर्ष नेताहरूको सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो ‘कहाँ टेबल गर्छन् , उनीहरूको भान्छा घरमा? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’

खनालले यथास्थितिमा एमसिसी संसद्मा टेबल गर्न नहुने बताउँदै त्यस्तो खालको सहमतिलाई आफूले स्वीकार नगर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!