हिपमत डटकम

सोमबार, फाल्गुण ०९, २०७८ || 586  पटक पढिएको

एजेन्सी । उमेर ९० वर्ष पुगेको व्यक्तिले नयाँ व्यापार शुरू गर्नसक्छ ? सामान्यतया यो कल्पना बाहिरको कुरा हो । तर भारतको चण्डीगढकी हरभजन कौरले ९० वर्षको उमेरमा व्यापार शुरू गरेर देशैभरमा चमत्कार गरेकी छन् ।

९० वर्षमा शुरू गरेको मिठाइको व्यापारलाई अहिले ५ वर्ष भइसक्यो, हरभजन ९५ वर्षीया भइन् । यतिबेला उनको व्यापार देशैभर प्रख्यात भइसकेको छ ।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार हरभजनले उत्पादन गरेको मिठाइका लागि देशैभरबाट ‘अर्डर’ आउने गर्छ तर उनले मागअनुसार आपूर्ति गर्न सकेकी छैनन् ।

बूढेसकालमा हरभजनमा देखिएको ऊर्जा र उत्साह उदाहरणीय बनेको छ । उनलाई परिवारका सदस्यले समेत सघाइरहेका छन् ।

सन् २००८ मा हृदयघातबाट पतिको मृत्यु भएदेखि उनी चण्डीगढमै कान्छी छोरी रवीना सूरीसँग बसिरहेकी छन् ।

हरभजनका नातिकी पत्नी सुप्रिया मल्होत्राले भनिन्, ‘हजुरबुवाको निधनपछि हजुरआमा आफूलाई एक्लै महसूस गर्थिन् । मेरो घरमा सबै सदस्य कामकाजी छन् । त्यसैले सबै व्यस्त रहन्छन् । सबैलाई काम गरिरहेको देखेर हजुरआमालाई पनि केही काम गर्न मन लाग्यो । यसबारेमा उहाँले आफ्नी छोरी रवीनासँग कुरा गर्नुभयो । उहाँ बर्फी मिठाइ धेरै स्वादिष्ट बनाउनुहुन्छ । उहाँहरूबीच मिठाइकै व्यापार गर्ने सल्लाह भयो । त्यसपछि सन् २०१६ मा मिठाइको व्यापार शुरू भयो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!