
राजधानीको बानेश्वरमा आन्दोलनकारी माथि पानीको फोहोरा प्रयोग भएको छ । एमसीसीको विरोधमा भएको जारी आन्दोलनमा पानीको फोहोरा प्रयोग भएको हो ।

विभिन्न राजनीतिक दल र भ्रातृ संगठनहरुले एमसीसीको विरोधमा विरोध प्रदर्शनलाई जारी राखेका हुन्। काठमाडौैका माइतीघर, बबरमहल, नयाँ बानेश्वर, मिनभवन लगायतका स्थानमा एमसीसीको विरोधमा नाराबाजी र प्रदर्शन भएका हुन् ।
सत्तारुढ दल माओवादी केन्द्र र नेकपा समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र वाइसिएलले संसद भवन नजिकै बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । त्यस्तै अन्य साना दलहरु माइतीघरमा भेला भएर एमसीसीको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, ऋषि कट्टेल नेतृत्वको नेकपा, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी लगायतका दलहरुले अहिले विरोध प्रदर्शन गरिरहेका छन् ।