हिपमत डटकम

आइतबार, फाल्गुण ०८, २०७८ || 548  पटक पढिएको

सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ।

बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ।
अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ। उक्त बैठकले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्नेछ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठकमा एमसिसी टेबल हुनेछ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र सञ्चार तथा सूचना प्रविधि एवं सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बैठकमा सहभगी भएका थिए।

लामो वादविवादपछि अन्तत: गठबन्धनले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!