हिपमत डटकम

शनिबार, फाल्गुण ०७, २०७८ || 923  पटक पढिएको

‘बुहारी चाहियो घर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोलाई निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले निर्देशन गरेका छन ।

भिडियोमा मल्टिपल कलाकारको अभिनय देख्न सकिन्छ । घरमा बुहारी चाहियो भनेर बाआमाले भनेपछी छोरो बुहारीको खोजीमा केटी खोज्दै हिंडेको लगायतका रमाइला प्रसंगहरु समेटिएको भिडियोमा जयन्द्र साउद, स्मारिका ढकाल, श्वेता भण्डारी, चर्चित बाल कलाकार आयुसी ढकाल, जेबिन/जेनिस श्रेष्ठ, आदित्य भण्डारीको मुख्य अभिनय रहेको छ ।

गायक भुपेन्द्र सिंह र गायिका रेखा जोशीको आवाजमा सजिएको उक्त गीतमा स्वयम गायक सिंहको शब्द तथा जीवन बडुको संगीत, एरेन्ज भुवन बडु तथा मिक्सिङ मास्टरिङ्ग जीवन बडुको रहेको छ ।

भिडियोमा सिनेम्याटोग्राफर निरज कंडेल तथा टिम(बिरु तमु, दीपेन्द्र थपलिया माने, निसान कँडेल)को छांयाकन, निराजन के.सि.को सम्पादन, सौगात धितालको ड्रोन अपरेटिङ, वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको मेकअप, देब दोर्जे लामाको असिसटेन्ट कोरियोग्राफी, सुमन कुमार श्रेष्ठको फोटोग्राफी तथा पोस्टर डिजाईन रहेको छ । भिडियो ओएस्आर डिजिटल मार्फत सार्वजनिक गरिएको हो ।

निकै मिहिनेत गरेर निर्माण गरेको यस् भिडियोलाई एक चोटि हेरिदिनु हुन ‘बुहारी चाहियो घर’ टिमले सबै दर्शकमा अनुरोध गरेका छन भने केही दिन अघि मात्र यस् भिडियोको ट्रिजर पनि सार्वजनिक गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!