हिपमत डटकम

शनिबार, फाल्गुण ०७, २०७८ || 560  पटक पढिएको

रुससँग तनाव बढिरहेको बेला पूर्वी युक्रेनमा कार बम विस्फाेट भएको छ । रुस समर्थित विद्रोही समूहको पकड रहेको युक्रेनको डोनेट्स्क शहरमा शुक्रबार कार बम विस्फाेट भएको हो ।

विस्फाेट भएको गाडी क्षेत्रीय सुरक्षा प्रमुख डेनिस सिनेंकोवको भएको बताइएको छ । यसैगरी पूर्वी युक्रेनमै ग्याँस पाइपलाइनको एक भागमा आगो लागेको पनि अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

यो विस्फाेटबाट भएको क्षतिको पूर्ण विवरण आइसकेको छैन । यसमा कसको संलग्नता छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।

यद्यपि यही बहानामा रुसले युक्रेनमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ । कुनै देश आफैंले आफ्नो क्षेत्रमा आक्रमण गर्ने र अरु कुनै देशलाई आरोप लगाएर त्यसको बदला लिन भन्दै जवाफी हमला गर्नुलाई ‘फल्स फ्ल्याग’ अभियान भनिन्छ । कारमा विस्फाेट भएको यही बहानामा रुसले ‘फल्स फ्ल्याग’ अभियानमार्फत् युक्रेनमाथि आक्रमण गर्न सक्ने अमेरिकाले आशंका गरेको छ ।

अहिले कार विस्फाेट भएको यो घटनामा रुसले युक्रेन जिम्मेवार रहेको बताउँदै आएको छ । साथै रुस समर्थित समूहको नियन्त्रणमा रहेको क्षेत्रबाट बालबालिका र महिलालाई अन्यत्र पठाउन सुरु गरिएको छ ।

रुस समर्थित समूहमाथि युक्रेनले छिट्टै ठूलो आक्रमण गर्न सक्ने भन्दै रुसले बालबालिका र महिलालाई अन्यत्र पठाएको हो । यद्यपि युक्रेनले भने आक्रमणको योजना नरहेको भन्दै रुसको भनाइको खण्डन गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!