नेपालमा ठूला वन्यजन्तुको तस्करी र चोरी सिकार केही कम भए पनि प्रकृतिमा समान अस्तित्व राख्ने साना वन्यजन्तुको तस्करी भने नियन्त्रणमा आउन सकेको छैन ।

सङ्गठित अपराधका रूपमा वन्यजन्तु तस्करको जालो विश्वभर कायम रहँदा वन्यजन्तु चोरी तस्करीमा कमी आउन नसकेको हो ।

एक तथ्याङ्क अनुसार विश्वभर २० करोड डलरभन्दा बढीको वन्यजन्तु तस्करीको कारोबार हुने गरेको छ । जसमध्येको ठूलो हिस्सा दक्षिण एसियाली मुलुकमार्फत हुने गरेको छ ।

अवैध गतिविधि रोक्दै संरक्षणमा भारतसँग साझेदारी गर्न नेपाल र भारतबीच दुई देशीय सम्झौता गर्ने तयारी भएको छ तर सीमापार समस्या समाधान गर्ने विषयका केही मुद्दामा दुई देशको मत मिलाउने प्रयास भइरहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!