हिपमत डटकम

शुक्रबार, फाल्गुण ०६, २०७८ || 443  पटक पढिएको

एमसिसीको विरोधमा प्रदर्शन गरिरहेको नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन्। प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा धकेलाधकेलसमेत भएको छ।

उनीहरूले सडकमा टायर बालेर एमसिसीविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले ‘एमसिसी चाहिँदैन, देश बेच्न पाइँदैन’ लगायत नारा लगाएका छन्। नो एमसिसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन्।

एमसिसीविरूद्ध अन्य साना पार्टीहरूले पनि प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटलनिर रोकेको छ। बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!