
संचारकर्मी तथा निर्देशक बिकल श्रेष्ठको छायांकन , सम्पादन र निर्देशन रहेको माया गर्ने प्रेमिल जोडीहरुकोलागी भ्यालेन्टाइन स्पेशल गीत ‘माया बस्यो कि कतै ?’ बोलको म्युजिक भिडियो नयाँ नयाँ न्युज नेपालको युट्युब च्यानलबाट रिलिज भएको छ ।

फोटो फिरिम , रुमाल चिनो छ जस्ता हिट गीतका लेखक संगीतकार तथा संचारकर्मी शिशिर भण्डारीको शब्द संगीत, नव गायक आयुष्मान चापागाई र सुजता पाण्डेको आवाज रहेको ‘माया बस्यो कि कतै ‘ बोलको गीतमा नव मोडल नितिसा शर्मा र शिशिर भण्डारीको र अभिनय रहेको छ ।
शिशिर भण्डारी इन्टरटेन्मेन्टको प्रस्तुती रहेको म्युजिक भिडियोमा साङ्गेतिक प्रेम कथालाई निर्देशक श्रेष्ठले गज्जबले प्रस्तुत गरेका छन् । एकतर्फी माया अनी काल्पनिक रोमान्सको प्याकेज जस्तै बनेको छ। एक अर्कालाई माया गर्ने प्रेमिल जोडी टाढा टाढा भएर बस्नु अनी आफु भन्दा टाढा भएकी प्रेमिकाको १० बर्षपछी हुने आगमनको प्रतिक्षा अनी पुरानै ठाउमा भेट्ने आशाका साथ अन्त्य भएको भिडियोले यस गीतको भाग -२ ल्याउने प्रस्ट देखिएको छ ।
भिडियो सहित ;-