हिपमत डटकम

सोमबार, फाल्गुण ०२, २०७८ || 540  पटक पढिएको

काठमाडौँ । ‘भ्यालेन्टाइन डे’ को कोसेली स्वरूप अमेरिकाको पेन्सलभेनियामा बस्दै आएका गायक पूर्ण लामिछाने ( अविरल ) ले आफ्नो बिल्कुलै नयाँ साँगीतिक सौगात ‘माया लाईदेउन’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक पूर्ण लामिछाने ( अविरल ) को सुमधुर स्वर सुन्न सकिन्छ। स्वयम् गायक लामिछाने शब्द रहेको यस गीतलाई चर्चित संगीतकार शंकर थापा ‘स्माइल’ले संगीतवद्द र संगीत संयोजन गरेका हुन्।

सुबोल थापाले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाँकन गरेका हुन्। भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ। म्युजिक भिडियोमा पल शाह र वर्षा राउत फिचर्ड छन्। पबी भट्टराई निर्मात्री रहेको यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो। भिडियो ‘नमस्ते प्लस’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!