हिपमत डटकम

आइतबार, फाल्गुण ०१, २०७८ || 548  पटक पढिएको

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले एमसिसी विषयमा अहिले सृजना गरिएको विवाद निरर्थक रहेको बताएका छन्।

जनकपुरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ठाकुरले एमसिसी परियोजना विशुद्ध रूपमा विकाससँग जोडिएको भएको कारणले विवाद गर्नुको कुनै तुक नरहेको उनले सडक निर्माण र विद्युतीकरणमा रकम खर्च गरिने र गरिबी घटाउनको लागि यो महत्वपूर्ण विषय भएको बताए।

अध्यक्ष ठाकुरले एमसिसीको विषयमा उठेको विवादहरूको विषयमा सरोकारवाला निकायले आफ्नो पक्ष राखिसकेको अवस्थामा यसलाई सस्तो लोकप्रियता हासिल गर्न विवाद सृजना गर्नु उचित नभएको बताए।

अध्यक्ष ठाकुरले आफ्नो पार्टीमा कुनै विवाद नरहेको बताउँदै पार्टी छोडेर जानेहरूलाई रोक्न नसकिने बताए । उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने सम्भावना रहेको बताउँदै त्यो समयको आवश्यकता रहेर निर्णय लिने समेत बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!