हिपमत डटकम

बिहिबार, माघ २७, २०७८ || 880  पटक पढिएको
लेखकःप्रजापति दास केवरत

मोटो जिउढाल गहुँगोरो, घाँटीमा गम्छी,चिटिक्क परेको लुगा जुत्ता लगाएको अन्दाजी ५०र५५ वर्षको हेर्दा नेता जस्तै देखिने मान्छे गरीबबस्तीमा देखापरेहुदाँ चिन्नुहुने महानुभावले सम्बन्धित राजनीति दललाई जानकारी गराउनुहोला । यस्तै ठ्याक्कै मान्छे चार वर्ष अगाडि हराएको थियो । कही त्यही मानिस त होइन । निक्कै केरकार गर्दा अघिल्लो चुनावमा हामीले जिताएर पठाएको संसद ज्यु पो हुनुहुन्छ भनेर आम जनताले ठम्याए । प्रारम्भिक सोधपुछबाट उहाँ चुनावमा विजय भएर जानु भएको थियो अरे ।

कार्यव्यस्तताले यता आउन भ्याउनु भएन अहिले अलि फुर्सद भएर आउनु भएको अरे । यस्तैमा त्यहाँ भिड जम्मा हुन्छ र भिडबाट आवाज आउँछ( ूयूवालाई रोजगार दिन्छु भन्नुभएको थियो हैन, खोई त रुू भनी एकजना यूवाले प्रश्न तेर्सियायो । अलि अकमकाएर जवाफ फर्काउनै आट्नुभएको थियो कि यतिकैमा एकजना आईमाईले सोधी – ूनेता ज्यु, महिलाहरूको अधिकार खोई सुनिश्चित गर्नुभएको अनि सुरक्षा रु” यी प्रश्नले नेता ज्युको अनुहार अलि मलिलो भयो र जवाफ फर्काउँदै भने, ूहाम्रो पार्टी सरकारमा थिएन । यसपालि हाम्रो पार्टी सरकारमा गएपछि यी समस्याहरूलाई प्राथमिकतामा राख्छन् । त्यसैले यसपालिको चुनावमा आफ्नो बहुमूल्य भोट दिनुहोला । यति भन्दै नेता ज्यु त्यहाँबाट विदा हुन्छन् ।

केही दिन पश्चात पुनः एकजना हराएकै नेता त्यस गाउँमा देखापर्छन् । माने काका त उहाँलाई देखेर अकमक्कमा पर्नुभयो । मजदुरी गरी कमाएको पैसा नखाई नखाई जोगाएको ३५०० रुपैया खर्च गरेर भेट्न जादाँ अहिले उहाँ भेट्न सक्नु हुन्न मिटिङ्गमा हुनुहुन्छ भनि गेटबाट नै गार्डले फर्काएका थिए । आज त्यही व्यक्तिलाई आफ्नो छोपडीमा देख्दा आश्चर्य चकित हुनु स्वभाविक नै हो । खासमा माने काका छोराको उपचार गराउन अस्पताल जादाँ अस्पतालले भर्नाका लागि एक लाख तत्काल बुझाउनुपर्ने अन्यथा भर्ना गर्न नमिल्ने भनेपछि निरास भएको मानेकालाई, ूमन्त्री ज्यु भनिदिदाँ त निशुल्कै उपचार हुन्छू भनी एकजना मान्छेले भने त्यसैले माने काका मन्त्रीलाई भेट्न उहाँको निवासमा पुग्नु भएको थियो । मन्त्री ज्युले मलाई फोन गरेर आउनु पर्थ्यो नि ।

ल अब तपाईँको छोराको सम्पूर्ण उपचारको खर्च म बेहोर्छु । तपाईँ ढुक्क हुनुस् । माने काकाले आँसु छार्दै भने उही वर्ख बिते उपचार नपाएर । त्यहा अरु मान्छेहरू नि जम्मा भए । सबै जना एकएक गरी आफ्नो गुनासो राखे । बढ्दै गरेको महङ्गी, असुरक्षा, हत्या,बलत्कार जस्ता कार्यहरू दिनप्रतिदिन बढ्दै गएको वैदेशिक रोजगारमा यूवाहरू ठगिनु, समयमा कृषि मल नपाउनु, किसानहरू आत्महत्या गर्न बाध्य हुनु यस्ता किसिमका समस्या कहिले समाधान हुन्छ रु भनी प्रश्नहरूको गुच्छा मन्त्रीको अगाडि थुप्रियो । मन्त्री ज्युले – तपाईहरूको गुनासो एकदम जायज हो तर यी विषयहरू मेरो मन्त्रालयको अधिकार क्षेत्रमा पर्दैन । यस पटकको चुनावमा यदी तपाईहरूले मलाई जिताउनु भयो भने यी सबै समस्यालाई प्राथमिकतामा राख्ने छु र अवश्य पुरा गर्ने छु ।

हामीहरू वर्षौदेखि यसरी नै ठगिएका छौ । कोही नेता भन्छन्, ूहामी सरकारमा थिएनौ ।ू कोही भन्छन्, ूयो मेरो मन्त्रालय भित्र पर्दैनन् ।ू आखिर कहिलेसम्म यस्तै यस्तै बहानाहरूको आडमा जनताको रगत पसिना चुस्ने हो यी नेताहरू । गाउँघरमा कहलिएका अलि पढेलेखेका युवाहरू कुनै न कुनै पार्टीका कार्यकर्ता हुन् । उनीहरूले नै गर्दा नेताहरू चुनावमा विजय हासिल गर्छन् । तर पछि त्यही नेताहरू ठाउँमा पुगेपछि आफ्ना नातागोताका मानिसलाई मात्र कार्यालयको पियुनदेखि आफ्नो सल्लाहकारमा नियुक्ति गर्छन् ।

चुनावको बेला घेरा हाल्ने विर्खे,पोस्टर टाँस्ने काले, चोकचोकमा झन्डा टाङ्ने धने मध्ये कसैले पनि ड्राइभरसम्मको कुनै जागिर पाउदैनन् । त्यसैले अब जागौ अब उठौ कसैको पछि नलागौ खुवाउनेलाई होइन काम गरेर देखाउनेलाई चुनौँ । राजनीतिक पार्टीहरूले पनि वर्षौ देखि जसबाट गाउँलेहरू पिडीत हुन्छन् । जसले सोझासाझालाई दबाएर राख्छन् । समाजमा अराजकता देखाएर गरीबलाई लुट्छन् । जसको कहिल्यै नाम समेत सुनेका हुदैनन् जसलाई गरिबको पीडाको बोध छैन । जसले यहाँको भौगोलिकता बुझेको छैन । यहाँका वास्तविक समस्या बुझेका छैन् । जसले काले,धने,विर्खे,मोटे,पनेलाललाई चिनेको छैन । त्यस्तालाई नै प्रतिनिधि बनाएर पठाउँछन् ।

आम जनताले त सजिलो मान्छे, दुःख बुझ्ने, भोजभतेरमा बोलाउँदा आउने, जनताको पहुँचमा रहेको व्यक्ति खोज्छन् तर त्यसको विपरीत कतै व्यापारी त कतै ज्यान मुद्दा चलिरहेको अभियुक्त त कतै भर्खर जेलबाट छुटेको कैदीलाई प्रतिनीधिका रूपमा पठाउँछन् । कुनै एक पार्टीले यस्ता प्रतिनीधि पठाए त हुन्थ्यो नि तर प्रायः सबै दलले यस्तै प्रतिनीधिहरू जनताका माझमा चुन्न पठाउँछन् । लङ्डा नै लङ्डाहरूको दौडमा त लङ्डाले नै जित्छन् नि । चाहे त्यो जुनसुक्कै विचारधारा भएको पार्टी नै किन न होस् । यहाँ गल्ती जनताबाट होइन । चुनावी प्रणालीमा नै त्रुटि छ । जनप्रतिनीधि हुने योग्यता तोक्नु पर्छ । यहाँ योग्यता भन्ने वितिक्कै शैक्षिक योग्यता मात्र बुझ्छन् । जनप्रतिनीधिहरूको योग्यता शिक्षा होइन सेवा हुनुपर्छ । समाज र जनताप्रति समर्पित व्यक्ति, जसले आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर आपतविपतमा जनताका हकहितका लागि काम गर्छन् त्यस्ता व्यक्तिलाई मात्र जनप्रतिनीधि हुने योग्य मान्नु पर्छ । मानवता र सामाजिक कार्यमा समर्पित समाजसेवी व्यक्तिलाई नै राजनीतिक दलहरूले प्रतिनीधि बनाएर जनताका माझमा पठाउनु पर्छ । यहाँ त सरासर गलत मानिसहरू कै भिडबाट मानिस चुन्न लगाउँछन् अनि कहाँबाट सही मान्छे चुनोस् त विचारा जनताहरू । यो त खाए खा न खाए घिच भन्ने पारा भएन, विचार गर्नुस् त ।

सबै जनता कै साझा अधिकार हो ूमतदानूको अधिकार । चुनावी माहोल बन्दै छन् । यस पाली कसैलाई नि भोट दिदिनँ भन्नेहरू मौन बसेका छन् भने गतवर्षको चुनावमा नेतासँग लिएको पैसाले जग्गा किन्ने ठालूहरू यसपाली पनि सम्पत्ति जोहो गर्ने नयाँ नयाँ दाउपेचहरू रच्दैछन् । मासु चिउरामा रमाएकाहरू यसपालि पनि त्यसै गर्नु पर्छ भनि सोच्दैछन् । केही फुचफुचे नेता भनाउँदाहरूले आक्रोश व्यक्त गर्दै यसपाली भोट माग्न आउने नेताहरूलाई यसरी उसरी कुट्छु, यसले कुट्छु उसले कुट्छु भनी दारा किट्दै छन् । हुन पनि जनताले पाएका अधिकार मध्ये मतदानको अधिकारलाई मात्र उपभोग गर्न पाएका छन् ।

यसको उपयोग गलत तरिकाले भयो भने सारा देशबासीहरूले दुःख झेल्नु पर्छ भन्ने कुरामा पहिला पहिला मतदाताहरू बडो सजक थिए तर खोइ कहाँबाट हो, कसरी हो, मानिसको विचारमा चुनावप्रति आक्रोश पैदा भएको छ । चुनावमा जित्ने कोइ,कमाउँछ कोइ, जिते पछि हामीलाई के दिन्छ, जितेर गए पछि यी नेताले हामीलाई चिन्दा नि चिन्दैन । त्यसैले जे लिनु छ, जे खानु छ यही चुनावको बेलामा नै गर्नु पर्छ, लिनु पर्छ जस्ता विचारहरू आम जनतामा पलाएका छन् । अब यसलाई सकारात्मक विचार भनौ कि नकारात्मक । हुन त यी विचार जनतामा पलाउनु स्वभाविक नै हो । यतिका वर्षसम्म आश्वासनको पछि लागियो तर निराशा बाहेक केही मिलेन । अहिलेको राजनीतिक अवस्था हेर्ने हो भने यी नेताहरू नेताका नाममा धब्बा नै हुन् । आफ्नो स्वार्थमा पार्टी फुटाउने,पद पाउनका लागि पार्टी परिवर्तन गर्ने अर्को शब्दमा भन्नु पर्दा अवसरवादी हुन यी नेता केबल अवसरवादी ।

आमजनताले कुनै पार्टी प्रति आस्था राखेर आफ्ना नेतालाई त जिताउँलान् तर ती नेता भोलि पद लोलुप्त भएर अर्कै पार्टीमा पो जाने हो कि भन्ने भय समेत आम जनतामा पलाएका छन् । त्यसैले अहिले चुनावको समयमा जे जस्ता विकृति देखिन्छ त्यसको कारण केबल नेता नै हो र नेताको चरित्र । अब जनताले थोरै चलाखी देखाउनु पर्छ । आमजनताले चुनावको बेलामा सबै नेतासँग रक्सी र मासु मस्त खाने हो, भेटे पछि पैसा नि लिने हो, तर भोट कसैलाई नदिने तर जनताले आफ्नो मूल्य कुखुराको मुल्य भन्दा कम तोक्नु भएन । एउटा प्रश्न यहाँ नेता इमानदार नभएर जनता बिकाउ भएका छन् कि जनता बिकाउ भएरकाले नेता व्यापारी बनेका छन् रु नेताले आफ्नो काम गर्दैन भनेर जनताले भोट बेच्न थाले कि जनताले चुनावको बेलामा धेरै नै खायो भनेर नेताले भ्रष्टाचार गर्न थाले रु यहाँ प्रश्न दुवै पक्षलाई तेर्सेको छ । सबैले त यसो नसोच्लान्,नगर्लान् तर गाँस,बाँस,कपासका लागि पिल्सिएका गरिबको लागि त ती गाँस,बाँस,कपास भन्दा ठूलो अरू के नै हुन सक्छ र ।

गरिबका लागि अन्नदाताहरू नै देवता हुन्छन् तर चुनावको बेला अन्न,पैसा,कपडा बाट्ने देवता होइन दानव हुन्छन् भन्ने कुरा गरिब जनतालाई कसले सम्झाउँछन्,विचारा उनीहरू ती देवताको खोलमा दानव लुकेको थाहा पाउदैनन् र आफू बेचिन पुग्छन् । तपाईँले तर्क गर्नुहोला सबै जना बिकाउ हुँदैनन् । अवश्य,तर ती ूसबैू भनाउँदाहरू अन्धभक्त चाहि अवश्य हुन् ।

यहाँ जनता नै को छ र रु सबै जना कुनै न कुनै को ,कसै न कसैको कार्यकर्ता हुन् । यहाँ पार्टीप्रतिको अदम्य विश्वास नै सबैको ठूलो कमजोरी बनेको छ । किन्न सक्ने जतिलाई किन्छन्,नबिक्नेलाई डराउँछन्, धम्काउँछन् कुनै सीप नलागे त्यस्ता मानिसहरूलाई आश्वाशनको मोहमा फसाउँछन् । यहाँ कुरा घुमाउरो छ । नेताले आफ्नो कर्तव्य सही तरिकाले पुरा गरेनन् त्यसैले उनीहरूलाई चुनावमा आफ्नो ढिकुटी रित्याउनु पर्छ कि जनताले आफ्नो अधिकारको गलत प्रयोग गरे त्यसैले उसले भने जस्तो नेता पाउन सक्दैनन् । यही विकृतिले गर्दा होला राष्ट्रप्रति बफादार सच्चा नेता चुनावमा न त टिकट पाउँछन्, न त जित्छन् नै ।

अहिले शिक्षा र स्वास्थ्य सेतो व्यापार बने झै राजनीति पनि कालो धन्दा बनिसकेको छ । व्यापारमा लगानी गरेपछि त्यसबाट मुनाफ कमाउने व्यापारी झै चुनावमा लगानी गरी जितेका नेताहरू व्यापारी झै दलाली गरेर लगानी असुल उपर गर्छन् । अहिलेका मात्र होइन पछि आउने नेताहरूले नि यस्तै हुन्छन् । यो मनगढन्ते कुरा होइन सच्चाइ हो । अब को चुनावमा नेताहरुले अग्नि परीक्षा पार गर्नुपर्ने हो तर म मात्र होइन कोइ पनि यो कुरा विश्वस्त छैन किनभने यस पालिको चुनाव पछिल्लो चुनाव भन्दा झन् भड्किलो र खर्चिलो,तनावग्रस्त हुने छ । अनुहार फरक भए पनि विचार सबैमा एउटै हुन्छ । यस पालिको चुनावमा नेताहरू तथा राजनीति पार्टीहरूले कुन किसिमको हत्कन्डा अपनाउँछन् होला । वास्तवमा यी नेताले अपनाउने एउटा सरल फर्मुला हो विपक्षीको विरोध गर्नु,यो पार्टीले केही गरेन,फनाना पार्टीका जनप्रतिनीधिहरू भ्रष्टाचारी हुन् । यसको पालामा कुनै विकास भएन जस्ता चन्द नारा लगाउने छन् र सोझासाझा जनतालाई उल्लू बनाउने छन् । नपत्याए पर्खिनुस् र हेर्दै जानुस् ।।।।।।

 

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!