हिपमत डटकम

बिहिबार, माघ २७, २०७८ || 343  पटक पढिएको

नेपाली गीत संगीत र पहिरनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्डको तेश्रो संस्करण ‘नेपाल म्युजिक एन्ड फेशन अवार्ड–२०२२’ आयोजना हुने भएको छ । बिगत झै यो वर्ष पनि अवार्डको आयोजना स्टार वान इन्टरटेनमेन्टले गर्न लागेको हो ।

अवार्डमा भाग लिन चाहनेहरुका लागि बिहिबारबाट फारम खुला गरिएको आयोजक संस्थाकी अध्यक्ष पूजा निरौलाले जानकारी गराएकी छिन् । यो अवार्डमा सहभागी हुन चाहनेहरुले आगामी ५ चैतसम्म फारम भरिसक्नु पर्नेछ । सहभागीले स्टार वान इन्टरटेनमेन्टको कार्यालय नयाँ बानेश्वरबाट फारम लिएर भर्न सक्ने छन् । अवार्डको आयोजना नयाँ वर्षको अबसर पारेर आगामी बैशाखमा गरिने भएको छ ।

यो अवार्डमा सहभागी हुन चाहने गीतहरु सन २०२१ जनवरीबाट सन २०२२ जनवरी अन्त्यसम्म रिलिज हुनु पर्ने आयोजक पक्षले जनाएको छ । अवार्डमा गीत संगीततर्फ आधुनिक, गजल, पप, लोकपप, लोक, लोकदोहोरी, चलचित्र, राष्ट्रिय भाव, चाड पर्व, भाषाभाषी, भेग विशेष र भजन गीतहरुले भाग लिन पाउने छन् । गीतसँगै म्युजिक भिडियोको टिमले पनि भाग लिने पाउने छन् ।

कार्यक्रम निर्देशक बालकृष्ण पोखरेलका अनुसार अवार्ड समारोहमा विभिन्न सम्मान पनि गरिने छ । संगीत, मोडलिङ र फेशनमा आजीवन योगदान दिएकाहरुलाई ‘आजीवन योगदान सम्मान’ र विशेष सम्मान प्रदान गरिनेछ । फेसनतर्फ कोरियोग्राफर, र्याम्प मोडल, पेजेन्ट मोडल, विज्ञापन मोडल, फेसन डिजाइनर, फेसन मेकअप, फेसन हेयर, इभेन्ट म्यानेजर, इभेन्ट म्यानेजमेन्ट कम्पनी, पेजेन्ट डिजाइनर, इभेन्ट कोअर्डिनेटर, इभेन्ट होस्ट, अन्तराष्टिय ब्युटिपेजेन्ट उपाधि विजेता, राष्टिय व्युटिपेजेन्ट उपाधि विजेता, फेसन आईकन, फेसन तथा ब्युटीपेजेन्ट फोटो ग्राफर, उत्कृष्ट फेसन शो तथा व्युटिपेजेन्ट, फेसन डिजाइनिङ इन्टिच्युट, इन्टनेशलन पेजेन्ट डिरेक्टर विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!