सोमबार, मंसिर १६, २०७६ || 1167  पटक पढिएको

हिपमत डटकम
बिराटनगर, मंसिर–१६ ।

केही वर्षयता नेपाली दर्शकले गीत–संगीत र फिल्मसँगै वेब सिरिजलाई पनि हेर्ने सूचीमा राख्न थालेका छन् । यही
कारण पछिल्लो समय वेब सिरिज बनाउने क्रम ह्वात्तै बढेको छ । तर, एकाधले मात्र दर्शकको मन जित्दै सफलता
हात पारेका छन् । प्रायः वेब सिरिज युवापस्तालाई लक्षित गरेर प्रेम कथामा निर्माण हुने गरेका छन् । यो भीडमा
एक नयाँ वेब सिरिज थपिएको छ, ‘लभ यू’ ।

म्यूजिक भिडियो निर्देशनको अनुभव संगालिसकेका मनोज विस्टले यो वेब सिरिजको निर्देशन गर्दैछन् । यसको कथा
मन्दिप गौतमले लेखेका हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ का लेखक समेत हुन् ।
यसकारण यो वेब सिरिज कस्तो होला भन्ने कौतुहलता धेरैमा छ । चाँडै छायांकनमा जान लागेको ‘लभ यू’ वेब
सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । भने, एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ ।

युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता
थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र
सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप
अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ ।

चाँडै नेपाली चलचित्रमा समेत डेब्यू गर्न लागेका दिव्य ‘लभ यू’ वेब सिरिजले दर्शकको मन जित्नेमा आशावादी छन् ।
उनी भन्छन्, ‘पछिल्लो समय वेब सिरिज दर्शकको रोजाई बन्न थालेको छ । ‘लभ यू’ लाई पनि मन पराउनुहुन्छ
भन्नेमा विश्वस्त छु । यसमा मैले लभर ब्वाईको भूमिका निभाउँदैछु ।’ निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ
श्रृंखला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!