हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 528  पटक पढिएको

कर्णाली प्रदेशसभाले सभामुख र उपसभामुख नभएको खण्डमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरुलाई मनोनित गरेको छ । प्रदेशसभा सचिवालयकाअनुसार सांसद दीनबन्धु श्रेष्ठ, देवी ओली, मिनसिंह रखाल, रातो कामी र सोशीला शाहीलाई मनोनित गरिएको छ ।

सभामुख राजबहादुर शाहीकाअनुसार प्रदेश सभा नियमावली २०७४ को नियम ११ (२) अनुसार उनीहरुलाई मनोनित गरिएको हो । प्रदेशसभा नियमावली २०७४ को ११ मा अध्यक्षता गर्ने सदस्यको मनोनयन गर्ने व्यवस्था छ । ११ (१) मा बढीमा पाँच जना त्यस्ता सदस्य मनोनीत गर्न पाइने व्यवस्था छ ।

नियम ११ उपनियम २ मा मनोनीत सदस्यले बैठकको अध्यक्षता गर्दा सभामुखले प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!