हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 612  पटक पढिएको

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) मा अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ।

बुधबार बिहान प्रचण्डलाई भेट्न नेपाल उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुबारे कुराकानी भएको बताइएको छ। पछिल्लो समय अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट अनुमोदन गर्ने/नगर्नेबारे सत्तारूढ गठबन्धनका दलहरूबीच विवाद छ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले एमसिसी संसदमा टेबल गर्न दबाब दिइरहेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र यो विषयमा एकमत छैन। यसअघि सत्तारूढ गठबन्धनका नेताहरू छलफल गर्न प्रधानमन्त्रीको निवास बालुवाटारमा जाने गर्थे। बुधबार नेपाल प्रचण्डलाई भेट्न उनकै निवासमा पुगेका हुन्।

बैठकमा सहभागी एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका अनुसार कर्णालीको मन्त्रिपरिषद्को बारेमा छलफल भएको थियो। कर्णालीमा एकीकृत समाजवादीलाई ३ मन्त्रालय दिने भने पनि २ वटा मात्र मन्त्रालय दिएकोबारे छलफल भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!