हिपमत डटकम

बुधबार, माघ २६, २०७८ || 397  पटक पढिएको

प्रतिनिधि सभाको बैठक फेरि सरेको छ । संघीय संसदका महासचिव भरतराज गौतमले मंगलबार राति एक सूचना जारी गर्दै आज दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधि सभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने जनाकारी गराएका हुन् ।

उनका अनुसार बैठक फागुन २ गते दिउँसो १ बजे बस्ने छ ।

सूचनामा भनिएको छ ,’ प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन २ गते सोमबार दिनको १स्०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा मा० सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!