शुक्रबार, फाल्गुण ०९, २०७६ || 980  पटक पढिएको

सामुदायिक विद्यालयका प्रधानाध्यापकसहित झापाको गौरादह नगरपालिका ९बाट प्रहरीले आठ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

गौरादाह नगरपालिका–९ स्थित दिनेश पोखरेलेको घरमा जुवा खेल्दै गरेको अवस्थामा स्थानीय अमर माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल पोखरेलसहित ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाललाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार स्थानीयले दिएको जानकारीको आधारमा उनीहरुलाई विहीबार राति इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

जुवा खालबाट प्रहरीले रु. ९१ हजार ३८० र सातवटा मोवायल बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!