हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 529  पटक पढिएको

नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकाेट पुगेका हुन् ।

कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार ओली र कोइरालाबीच पछिल्लो राजनीतिक घटनाक्रम, एमसीसी, स्थानीय तहको निर्वाचन तथा संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ ।

थपलियाका अनुसार दुई नेताबीचको छलफल सकारात्मक रुपमा सकिएको छ । यता ओलीका प्रेस संयोजक रामशरण बजगाईंले वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिए । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!