हिपमत डटकम

मंगलबार, माघ २५, २०७८ || 424  पटक पढिएको

बिराटनगर। गायिका प्राश्ना शाक्य र प्रताप दासको युगल स्वरमा ‘लगायौ कस्तो मोहनी ‘गीत सार्वजनिक भएको छ । संजित श्रेष्ठको शब्द,संगीत रहेको प्रेमिल शैलीको गीतमा संजल भण्डारीको एरेन्ज, मिक्सींङ र मास्टरिङ रहेको छ ।

पछिल्लो समयकी लोकप्रिय मोडेल गरिमा शर्मा र बिष्णु नेपालको अभिनय रहेको भिडियोलाई अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट ”को युट्युब च्यानलबाट रिलिज गरिएको हो। संजित श्रेष्ठ सिनेमाटोग्राफी र बिजेश पौडेलको कलर ग्रेडिंङ, सम्पादन र निर्देशन गरेको भिडियोलाई रिलिज संगै दर्शकको सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

बिगत लामो समयदेखि अष्ट्रेलियामा बसेर नेपाली सांगीतिक छेत्रको बिकासमा सक्रिय बिष्णु नेपालको पहिलो अभिनयलाइ दर्शकले राम्रो रहेको बताएका छ ।

उनी अस्ट्रेलियाबाट संचालित चर्चित सागीतिक समूह ”द नेक्स्ट ”को सस्थापक मध्यका एक हुन । ”द नेक्स्ट ”ले यसअघि पनि राम्रा राम्रा गीतहरुको म्युजिक भिडियोको निर्माण गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!