हिपमत डटकम

आइतबार, माघ २३, २०७८ || 685  पटक पढिएको

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सवा ४ बजेबाट देउवा, ओली र प्रचण्डबीच सुरु भएको हो । बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार स्थानीय तहको निर्वाचन र एमसीसीका विषयमा छलफल भइरहेको छ । ओली र प्रचण्डसँग छलफलपछि सोमबारको मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

यस्तै एमसीसीका विषयमा सत्ता गठबन्धनमै मतभेद देखिएपछि राष्ट्रिय सहमतिका लागि प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल अगाडि बढाइएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!