काठमाडौं । ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक गरिएको छ ।

 

डान्सिगं शैलीका गीतहरु बजारमा ल्याएर लोकप्रियता कमाइरहेका गायक आशिषकै स्वर रहेको सार्वजनिक मेलोडी गीत सानो सानो कुरामा सन्तोष सुनुवारको शब्द तथा संगीत सृजना रहेको छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको सानो सानो कुरामा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको बेजोड अभिनय देख्न सकिन्छ ।

भिडियोमा आशिष र जुनलाई भर्खरै विबाह गरेको एक प्रेमील जोडीका रुपमा देखाइएको छ । उनीहरुबिचको मिस अन्डस्ड्याण्डिगं भित्रको गहिरो प्रेमलाई कलात्मक शैलीमा भारतीय निर्देशक रिन्तु चौधरीले निर्देशन गरेका हुन् । फरक शैलीको भिडियो भएका कारण दर्शक श्रोताले नयाँ स्वाद लिने कुरामा आशिष विश्वस्त छन् । मानस कास्यपको सम्पादन रहेको भिडियोको छायांकन बितुल दासले गरेका हुन् । जसको निर्माण एट के एभरेस्ट मोसन पिक्चर्सले निर्माण गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!